Logo
Logo

राष्ट्रिय सहकारी कर्मचारी संघ नेपालको अध्यक्षमा श्रेष्ठ


3.1k
Shares

काठमाडौं । पेशागत महासंघ नेपालमा आवद्ध घटक राष्ट्रिय सहकारी कर्मचारी संघ नेपालको अध्यक्षमा भरतकुमार श्रेष्ठ चयन भएका छन् ।

शनिवार काठमाण्डौमा भएको सहकारी कर्मचारीहरुको बृहत भेलाले श्रेष्ठको अध्यक्षतामा ४१ सदश्यिय केन्द्रीय समिति घोषणा गरेको हो ।

नवगठित समितिको उपाध्यक्षहरुमा धनबहादुर खत्री,राधा कडरीया र प्रशान्त जीसी चयन भएका छन् भने महासचिवमा गंगाप्रसाद रिजाल उपमहासचिव पुरुषोत्तम श्रेष्ठ सचिवमा मनिशा लम्साल र कोषाध्यक्षमा तुलसीराम थापा चयन भएका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा
पेशागत महासंघ नेपालका संयोजक प्रेमलकुमार खनालले सहकारीहरुलाई सुसाषन युक्त संस्थाको रुपमा विकास गर्दै उत्पादनमुखि कृयाकलापमा लैजानु पर्नेमा जोड दिए ।

देशमा ३४ हजारको हाराहारीमा रहेका सहकारीमा एक लाख ५० हजार कर्मचारी आवद्ध भएको प्रशंगमा उनले एकताले ताकत निर्माण गर्ने भन्दै सहकारीहरुले सामुहिक सोच र योगदानमा आधारीत काममा जोडदिनुपर्ने बताए ।

कार्यक्रमा बोल्दै पार्टी पोलिटब्युरो सदस्य गोपाल बराल, पार्टी केन्द्रिय सदस्य तथा जिल्ला कमिटी काठमाडौंका अध्यक्ष कुसुम कुमार कार्की ,पेशागत महासंघ का महासचिव रामप्रसाद रिमाल ,सहकारीकर्मी राधा कडरीया,सेवा निवृत्त कर्मचारी संगठनका बेधनिधि निराला ,गायतका वक्ताहरुले राष्ट्र निर्माणमा सहकारीले खेलेको भूमिकाको चर्चा गरे ।

पेशागत महासंघ नेपाल का सचिवालय सदस्य तथा सहकारी इन्चार्ज धरणिधर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमले ३ वुँदे प्रस्ताव समेत पारीत गरको नवगठित समितिका महासचिव गंगाप्रसाद रिजालले बताउए ।

भेलाले सरकारलाई राष्ट्रिय श्रम आयोग गठन गर्न जोडदार माग गरेको छ । यस्तै भेलाले सहकारी क्षेत्रका श्रमिकहरुका आर्थिक तथा समाजिक सवालहरुको सम्बोधन गर्न ६ महिना भित्र प्रदेश तथा जिल्ला समितिहरु गठन गरी राष्ट्रिय भेला गर्न समेत प्रस्ताव पारीत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्