Logo
Logo

यस्तो रहनेछ आज दिनभरिको मौसम


756
Shares

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको अंशिक प्रभाव रहेको छ । आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतयाः सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतयाः सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।

देशको पूर्वी हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । त्यस्तै, राती देशको गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भू–भागमा आंशिक बदली रही अन्य ठाउँमा मौसम सामान्यतयाः सफा रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्