Logo
Logo

सिमकोट बजार सरसफाइमा जुटे विदेशी नागरिक


756
Shares

फाइल फोटो

सिमकोट । एक विदेशी नागरिकले हुम्ला सदरमुकाम सिमकोट बजार क्षेत्रका विभिन्न चोक तथा ढलको सरसफाइ गरेका छन् ।

बजार क्षेत्रमा मुख्य चोक, एयरपोर्ट चोक, तीनधारा, कालिञ्चोक र लोकतान्त्रिक चोकलाई घुमफिरका लागि आएका स्पेनी नागरिक कार्लेस मार्टी सोबिराले सफाइ गरेका हुन् । उनले भने, “ यति सुन्दर स्थानमा फोहरले दुर्गन्धित हुँदा नरमाइलो लाग्यो । यसैले सरसफाइमा जुटेको हुँ । ” उनले तीनधारामा ढुंगा किनेर बिछ्याउने कामसमेत गरेका छन् । उनले तीन दिन लगाएर त्यस क्षेत्रको सरसफाइ गरेका हुन् । सफाइ गर्ने औजार पनि उनी आफैँले किनेका थिए । तीनधारामा भने उनलाई स्थानीय तीनजनाले सहयोग गरेका थिए ।

सोबिरालाई हर्कसिंह भण्डारी र खेम निरौलाले पनि सहयोग गरेका थिए । सिमकोट गाउँपालिकाले फोहर व्यवस्थापनका लागि बजेटसमेत छुट्याएर कर्मचारीसमेत राखेको छ । तर, बजार क्षेत्र सधैँ दुर्गन्धित देखिन्छ । ढलको पानी बाटोमा बगेर जाँदा दुर्गन्धित बनेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्