Logo
Logo

सुदूरपश्चिम खेल पर्यटनबाट चिनिनुपर्छः मन्त्री आलेमगर


693
Shares

गोदावरी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेमगरले सुदूरपश्चिमलाई खेल पर्यटनका माध्यमबाट चिनाउनुपर्ने बताएका छन् ।

शनिवार धनगढीस्थित क्षेत्रीय रंगशालामा सुदूरपश्चिम खप्तड गोल्डकप समापन समारोहलाई सम्बोधन गर्दै उनले पछिल्लोपटक सुदूरपश्चिममा सर्वाधिक धनराशि भएका खेलकुद भइरहेकाले यो क्षेत्रलाई सांस्कृतिक, धार्मिक तथा प्राकृतिक पर्यटन मात्र नभएर खेलकुदका माध्ययमबाट चिनाउन आवश्यक रहेकोमा जोड दिए । मन्त्री आलेले धनगढी रंगशालामा रात्रिकालीन खेल हुनेगरी स्तरोन्नति आवश्यक रहेको जनाउँदै यसका लागि आवश्यक बजेट विनियोजन गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिए ।

उनले भने, “वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गरिरहेको छ । म जनताको शीर नझुक्नेगरी नयाँ-नयाँ काम गर्छु ।” मन्त्री आलेले धनगढी विमानस्थललगायत सुदूरपश्चिममा रहेका विमानस्थलका लागि बजेट विनियोजन गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्