Logo
Logo

सप्तरीमा आगलागी हुँदा दुई करोड बढीको क्षति


504
Shares

सप्तरी । सप्तरीमा गएराति आगलागी हुँदा २५ वटा घरमा क्षति पुगेको छ भने दुई करोड रुपैयाँ बढीको नोक्सानी भएको छ ।

सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–५ स्थित टेंकी टोलमा भएको आगलागीका कारण २५ वटा घर क्षतिग्रस्त बनेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार स्थानीय दिनेश यादवको घरबाट सल्किएको आगोले दिनेशसहित छिमेकमा रहेका २५ वटा घरमा क्षति पुगेको हो ।

गएराति लागेको आगो बिहान ३ बजेतिर नियन्त्रणमा आएको र आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्