Logo
Logo

कांग्रेसको निर्वाचन समिति संयोजकबाट घिमिरेले दिए राजीनामा


126
Shares

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोक गोपालकृष्ण घिमिरेले राजनीनामा दिएका छन् । घिमिरेले आइतबार सभापति शेरबहादुर देउवा समक्ष राजीनामा बुझाएका हुन् ।

नेपाल बार एशोसियसनको अध्यक्ष पदमा उम्मेदवार बनेकाले उनले पदबाट राजीनामा दिएको कांग्रेसले जनाएको छ । उनी लोकतान्त्रिक एवं प्रगतिशील समूहका तर्फबाट अध्यक्ष पदका साझा उम्मेदवार हुन् ।

बारको चुनावमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले गठबन्धन गरेर साझा उम्मेदवार तय गरेका छन् । बारको नयाँ नेतृत्व चयनका लागि १९ चैतमा मतदान हुनेछ ।

घिमिरे नेतृत्वकै निर्वाचन समितिले कांग्रेसको १४्औं महाधिवेशन गराएको थियो।

प्रतिक्रिया दिनुहोस्