
काठमाडौं । तनहुँको आबुखैरेनीमा आइतबार दिउँसो भएको दुर्घटनामा मृत्यु भएका ३ जनाको पहिचान भएको छ ।
पृथ्वी राजमार्गस्थित आबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरामा बस र टाटासुमो जुध्दा मृत्यु हुनेको पहिचान खुलेको हो । सो दुर्घटनामा परी ग.३च ६०१२ नम्बरको टाटा सुमोका यात्रु तनहुँ शुक्लागण्डकी–८ का ओमप्रकाश गुरुङ, रुद्रबहादुर सेन र लक्ष्मीकुमारी शाहीको मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका ६ जनाको चितवनमा उपचार भइरहेको र घाइते दुईजना अस्पतालबाट डिस्चार्ज भएका इलाका प्रहरी कार्यालय आबुखैरेनीले जनाएको छ ।
आबुखैरेनीबाट मुग्लिन जाँदै गरेको सुमो र विपरीत दिशाबाट आउँदै गरेको ग.२ ख ३०७ नम्बरको बस जुध्दा सुमो पल्टिएको थियो । इलाका प्रहरी कार्यालय आबुखैरेनीका अनुसार बस चालक अनिल बयलकोटीलाई पक्राउ गरिएको छ ।











