Logo
Logo

सुदूरपश्चिममा सहमति भइसकेको छ : प्रचण्ड


2.1k
Shares

सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसलाई सहभागी गराउने सहमति भइसकेको बताएका छन् ।

कैलालीको धनगढीमा सोमबार बिहान पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले त्यसबारे केही दिनअघि नै गठबन्धनभित्र छलफल भएको बताए । उनले भने, ‘नेपाली कांग्रेसलाई सरकारमा सहभागी गराउने सहमति भइसकेको छ । कति जना, कसरी, कुन मन्त्रालय भन्ने कुरा टुंगिन बाँकी छ ।’ सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीको नेतृत्व हुनुपर्ने माग राखेको प्रचण्डले खुलाए ।

सुदूरपश्चिममा सबैभन्दा ठूलो दल एकीकृत समाजवादीले सरकारको नेतृत्व लिँदा बागमतीमा माओवादीलाई दिनुपर्ने प्रचण्डको भनाइ छ । माओवादीले बागमती मागेपछि एकीकृत समाजवादी नेतृत्वको मागका विषयमा ब्याक भएको उनले बताए ।

कांग्रेसले निर्वाचन आउँदै गर्दा सुदूरपश्चिम प्रदेश सरकारमा सहभागिता खोजेको प्रचण्डले बताए । उनले भने, ‘सबै प्रदेशमा गठबन्धनका पार्टीहरूको सहमतिबाटै सरकार बनेको छ । सबैको प्रतिनिधित्व पनि छ । सुदूरपश्चिममा नेपाली कांग्रेसको प्रतिनिधित्व छैन । सुदूरपश्चिममा मन्त्रिमण्डल पुनर्गठन गर्ने र नेपाली कांग्रेसलाई सहभागी गराउने कुरा उठेको छ ।’

कांग्रेसलाई सरकारमा सहभागी गराउँदा एकीकृत समाजवादीका मन्त्री फिर्ता बोलाउने विषयमा समेत छलफल भएको प्रचण्डले बताए । त्यसबारे एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीमा छलफल गरेर निर्णय लिने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्