
नवलपरासी । श्रीमानको हत्या गरेको आरोपमा बुलिङटार गाउँपालिका–५ राइकोटकी ६५ वर्षीया श्यामकुमारी भिरकट्टा पक्राउ परेकी छन् ।
६५ वर्षीय श्रीमान चमन सिंह भिरकट्टाको हत्या गरेको अभियोगमा आइतबार दिउँसो उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार श्यामकुमारीले घरायसी विवाद हुँदा श्रीमान चमन सिंहलाई बञ्चरो प्रहार गरेकी थिइन् । बञ्चरो प्रहारबाट गम्भीर घाइते बनेका चमन सिंहको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचार गर्दागर्दै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बञ्चरो प्रहार गरी श्रीमानको हत्या गर्ने श्यामकुमारीलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रुद्रपुरले जनाएको छ ।











