Logo
Logo

जसपाले बनायो तीन सदस्यीय मुख्यालय समिति


26.1k
Shares

काठमाडौं । जनता समाजवादी पार्टीले तीन सदस्यीय पार्टी मुख्यालय समिति गठन गरेको छ ।

काठमाडौंमा जारी उक्त पार्टीको केन्द्रीय समितिको बैठकले संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई रहने गरी पार्टी मुख्यालय समिति गठन गरेको हो ।

पार्टीका एक नेताले दिएको जानकारीअनुसार केन्द्रीय समितिले पार्टी मुख्यालय समिति प्रस्तावलाई अनुमोदन गरेको छ । कार्यकारिणी वा केन्द्रीय समिति बैठक बस्न नसक्ने र तत्काल पार्टीले निर्णय लिनुपर्ने अवस्थामा यो समितिले आवश्यक निर्णय गर्नेछ ।

त्यस्तै जसपाले १ र २ असारमा काठमाडौंमा विधान अधिवेशन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्