Logo
Logo

स्थानीय तह निर्वाचनमा जुट्न नारायणकाजीको निर्देशन


315
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले स्थानीय तहको निर्वाचनमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

माओवादीद्वारा आज धनगढीमा आयोजित प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले निर्वाचनको मिति नजिकिँदै गएकाले सङ्गठन निर्माणसँगै स्थानीय तहको निर्वाचनमा एकताबद्ध भएर लाग्न सम्पूर्ण कार्यकर्तालाई निर्देशन दिए ।

उनले केन्द्रमा गठबन्धन सरकार भए पनि स्थानीय तहको निर्वाचनमा गठबन्धन हुने टुङ्गो लागि नसकेकाले आफ्नै सङ्गठन निर्माण गरेर अघि बढ्नुपर्ने बताए । गठबन्धन होला नहोला तर हामीले आफ्नै सङ्गठनका बलमा स्थानीय तहको निर्वाचन लड्ने गरी तयारीका साथ लाग्नुपर्छ उनले बताए ।

नेता श्रेष्ठले महत्वपूर्ण स्थानमा गठबन्धन हुनसक्ने भन्दै अन्य स्थानमा विचार मिल्ने दलसँग तालमेल हुने बताए । उलने माओवादी पार्टीले वैचारिक दृष्टिकोण बनाएर अघि बढ्नुपर्ने बताए । उनले पार्टीले स्पष्ट नीति र कार्यदिशा बनाएर कम्युनिष्ट आन्दोलनको रक्षा गर्नुपर्ने धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्