
काठमाडौं । अहिले बंगलादेशसहित आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली कायम रहेको छ ।
देशको पहाडी भू–भागमा आंशिक बदली भएकाले आज बिहान अन्य भू–भागमा मौसम सामान्यतयाः सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिक बदली र अरु ठाउँमा दिउँसो मौसम सामान्यतयाः सफा रहनेछ । त्यस्तै राती देशका पहाडी भू–भागमा आंशिक बदली र अन्य स्थानमा मौसम सामान्यतयाः सफा रहने जनाइएको छ ।
यसैबीच, देशभर तापक्रम बढ्ने क्रम जारी रहेका कारण गर्मीबाट हुनसक्ने असरबाट जोगिन आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।











