
पाँचथर । किरात याक्थुङ चुम्लुङको ११ औं राष्ट्रिय महाधिवेशनले प्रेम येक्तेनको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । फागुन २७ देखि सुरु भई चैत १ गते समापन भएको महाधिवेशनले येक्तेनको अध्यक्षतामा ३४ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।
समितिको ४ जना उपाध्यक्षहरुमा कमल तिगेला, गोविन्द आङ्बुङ, कमला फोम्बो र चन्द्रकुमार आङ्देम्बे, महासचिवमा निरन्ती तुम्बापो, उप महासचिवमा योगेन्द्र पालुङ्वा, ४ जना सचिवमा चक्र येक्तेन, दिलकुमारी लिम्बू, भवानीविक्रम सङ्बाङ्फे र भीमप्रसाद योङहाङ् तथा कोषाध्यक्षमा अमर तुम्याहाङ निर्वाचित भएका हुन् ।
त्यस्तै, सदस्यहरुमा लक्ष्मण लाओती (पाँचथर), कमिता तुम्बापो (पाँचथर), सन्तोष सेरेङ (मोरङ), बिमला पालुङ्वा (मोरङ), सीता हुक्पा चोङ्बाङ (भक्तपुर), इन्द्रकुमारी लक्सम (काठमाडौं), आइन्द्रकुमार आङ्बो (काठमाडौं), कर्णविक्रम लिम्बू (सुनसरी), अमृत योङ्हाङ (झापा), चन्द्रकला सुब्बा (झापा), उत्तमकुमार लिङ्थेप (संखुवासभा), चन्द्रसिंह नेम्बाङ (धनकुटा), विष्णुकुमारी तुम्बापो (इलाम) छन् ।
यसैगरी अन्य सदस्यहरुमा राज्यप्रसाद लुम्फुङ्वा (तेह्रथुम), ठाकुरसिंह लिम्बू (ताप्लेजङ), मनोहर लिम्बू (लिम्बुवान प्रदेश), जीवनप्रकाश शेर्मा (लिम्बुवान प्रदेश), विवेक योेङहाङ (लिम्बुवान प्रदेश), डा. भीम सुब्बा (लिम्बुवान प्रदेश), इक्सा सङ्बाङ्फे नाल्बो (लिम्बुवान प्रदेश), रेश्मा खेवाङ (नेवा ताम्सालिङ प्रदेश) र कविराज आङ्देम्बे (नेवा ताम्सालिङ प्रदेश) रहेका छन् ।











