Logo
Logo

चोलेन्द्रलाई नियन्त्रणमा लिइएकोबारे रञ्जु दर्शनाको आपत्ति : पक्राउ गर्दा सुर र ताल मिल्नैपर्छ


0
Shares

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने नाममा गरिएको प्रहरी नियन्त्रणलाई लिएर सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रञ्जु दर्शनाले आपत्ति जनाएकी छन् ।  कसुर देखिएमा पक्राउ गर्न पाइने कानुनी व्यवस्था भए तापनि पक्राउ गर्दा विधि र प्रक्रिया मिलाउनु पर्ने  उनको भनाइ रहेको छ  ।

The current image has no alternative text. The file name is: ranju-darsana-.jpg

दर्शनाले सोमबार फेसबुकमार्फत भनेकी छन्, ‘कसुर अदृश्य भए पनि कानुनले प्रमाण माग्छ, केवल आरोप मात्र पर्याप्त हुँदैन, कसुर पुष्टि गर्ने आधार र प्रमाण चाहिन्छ ।’ दर्शनाले कानुनको शासनमा अधिकारको प्रयोग विधि र प्रमाणबिना हुन नसक्ने उल्लेख गरेकी छन् । पूर्वप्रधानन्यायाधीशको सुरक्षाका लागि सतर्कता बढाउनुपर्ने र कुनै पनि पुस्ताले उनलाई धम्की दिन नसक्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ। 

पूर्वप्रधानन्यायाधीश जबरा प्रहरीको नियन्त्रणबाट छुटिसकेका छन् । शनिबाररातिदेखि नियन्त्रणमा रहेका जबरा आइतबार दिउँसो टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयबाट रिहा भएका हुन्। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई महाराजगञ्जस्थित निवासबाटै नियन्त्रणमा लिएको थियो । प्रहरीले जबरालाई पक्राउ नगरिएको र सुरक्षाको कारण देखाउँदै आफ्नो कार्यालयमा ल्याइएको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्