काठमाडौ. । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । सरकारले संसद अधिवेशन अन्त्यका लागि सिफारिस गरेको भोलिपल्ट एमालेले बुधबार दिउँसो ३ बजे दलको बैठक बोलाएको हो ।

एमाले उपाध्यक्ष सुवास नेम्वाङले बैठक नयाँ बानेश्वरमा बस्दैछ । मंगलबारको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । एमाले संसदीय दलका उपनेता नेम्वाङका अनुसार अधिवेशन अन्त्यपछि संसदीय दलको बैठक बस्ने पार्टीको चलन रहँदै आएको छ । यो नियमित रुपमा बोलाइएको हो ।














