Logo
Logo

लागुऔषधसहित दुई युवक पक्राउ


819
Shares

जलेश्वर । भारतबाट लागुऔषध बोकी नेपाल आएका दुई युवकलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका–७ का ३३ वर्षीय रोहितकुमार राणा र महोत्तरी बर्दिबास नगरपालिका–३ का ३० वर्षीय सुमन विक रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । गएराति भारत बिहारको सीतामढी जिल्लाको कन्हमा सहरबाट लागुऔषध बोकी महोत्तरीको औरही नगरपालिका–४ स्थित कठुधारचोकमा युवकद्वयलाई प्रहरी टोलीले शंका लागि जाँच गर्दा उनीहरु लागुऔषधसहित पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट प्रहरीले नेपालमा प्रतिबन्धित नुफिन दुई एमएल ७० एम्पुल, फेनेरगन दुई एमएल ८८ एम्पुल, डाइजाल्याब ८८ एम्पुल लागुऔषध तथा सुई बरामद गरेको जनाएको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि अहिले जिल्ला प्रहरी कार्यालयमा पठाउने तयारी भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्