Logo
Logo

फागूपर्वले सुदृढ सामाजिक एकता कायम गर्छः मुख्यमन्त्री राई


630
Shares

मोरङ । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले फागुपूर्णिमा पर्वको अवसरमा शुभकामना दिएका छन् ।

मुख्यमन्त्री राईले हिमाली तथा पहाडी जिल्लामा आज र तराईका जिल्लामा भोलि मनाइने फागुपूर्णिमा(होली)को शुभकामना व्यक्त गरेका हुन् । उनले शुभकामना दिँदै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण सुन्दर देश नेपालमा मनाइने विभिन्न चाडपर्वले सुदृढ सामाजिक एकता कायम गर्ने धारणा व्यक्त गरेका छन् । ‘साँस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस होली पर्वले समस्त नेपालीहरूबीच सामाजिक सद्भाव, सहिष्णुता, राष्ट्रिय एकता र ऐक्यवद्धता कायम राख्न योगदान पुर्याउने विश्वास व्यक्त गर्दै सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु’, मुख्यमन्त्री राईले भनेका छन् ।

हाम्रा जुनसुकै पर्वहरू राष्ट्रिय एकताको माध्यम बन्न सकोस् भन्दै उनले यी पर्वहरूबाट सबैमा एकताको भावना विकास गराउन सहयोग पुग्ने विश्वास पनि व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्