Logo
Logo

मुख्यमन्त्री पोखरेलको आग्रहः जनताको मन जित्ने गरी काम गर्नुस्


567
Shares

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कांग्रेसका कार्यकर्तालाई जनताको मन जित्ने गरी क्रियाशील बन्न आग्रह गरेका छन् ।

नेपाली कांग्रेसका विभिन्न एकाइद्वारा बिहीवार बागलुङमा आयोजित कार्यक्रममा उनले राष्ट्रियदेखि स्थानीय तहसम्मका समस्याको समाधान गर्ने पार्टीका रुपमा पार्टीले आफ्नो पहिचान बनाएको उल्लेख गर्दै जनताको भावना अनुसार पार्टी संगठनलाई क्रियाशील बनाउनुपर्नेमा जोड दिए । उनले राजनीतिक घटनाक्रम, राष्ट्रको आवश्यकताका कारण वर्तमान समयमा केन्द्र एवं प्रदेश सरकारमा कांग्रेसले नेतृत्व गरिरहेको उल्लेख गर्दै आसन्न निर्वाचनमा पार्टीलाई पहिलो बनाउने गरी लाग्नुपर्ने बताए ।

गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवं कांग्रेस नेता मणिभद्र शर्मा कँडेलले जनताका हरेक समस्यामा कांग्रेस छ भन्ने अनुभूति हुनेगरी जनस्तरसम्म पार्टी संगठनलाई क्रियाशील गराउनुपर्ने बताए । मुख्यमन्त्रीको बागलुङ भ्रमणलाई लक्षित गरी नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं २ बागलुङ, नेपाली कांग्रेस गलकोट नगरपालिका– ५ वडा कार्य समितिले छुट्टाछुट्टै रुपमा अगुवा कार्यकर्ता भेला राखेका थिए ।

मुख्यमन्त्री पोखरेलले बिहीवार नै वडिगाड–२ बागलुङमा राना सेवा समाज सामुदायिक पर्यटकीय पूर्वाधार भवन निर्माणको शिलान्यास गरे भने गलकोट नगरपालिका–९ पछुवामा सात वर्ष यता ठेक्का सम्झौता भएर पनि निर्माण बढ्न नसकेको पुलबारे स्थानीयसँग जानकारी लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्