
मकवानपुर । मकवानपुरको मनहरीमा भएको यात्रुवाहक बस दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको र ९ जना घाइते भएका छन् । घाइते ९ जनाको उद्दारपछि उपचारका लागि चितवन पठाइएको प्रहरीले जनाएको छ । हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको बा ४ ख ४४५४ नम्बरको यात्रुवाहक बस मनहरी गाउँपालिका– ६ सुनाचुरी भुल चोकमा अनियन्त्रित भइ पल्टिएको थियो ।
घटनास्थलमा परिचालित भएको प्रहरी टोलीले बसमा सवार यात्रुको उद्दार गरिरहेको इलाका प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बताए । क्षतिबारे तत्काल यकिन गर्न कठिन भएको र बसमा सवार यात्रुको बारेमा पनि जानकारी भइनसकेको उनले बताए ।
उनका अनुसार दुर्घटनाको प्रारम्भिक अवस्था र घाइतेको अवस्था हेर्दा मृतकको संख्या बढ्नसक्ने उनले बताए । सो घटनाबारे थप विवरण प्राप्त भइनसकेको उनले जानकारी दिए ।












