
सुर्खेत । भेरी नदीमा नुहाउँदै गर्दा गत शनिवार बेपत्ता बनेका तीनै जना बालबालिकाको शव भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार नुहाउने क्रममा हराएका सुर्खेतका तीन जनामध्ये एक जनाको बुधवार र दुई जनाको शव बिहीवार भेटिएको हो । बेपत्तामध्ये लेकवेशी नगरपालिका–२ का ८ वर्षीय दिनेश बुढाको शव बुधवार भेरीगंगा नगरपालिका–२ स्थित भेरी पुल नजिकै भेटिएको थियो ।
त्यस्तै भेरीगंगा नगरपालिका–११ का १२ वर्षीय कृष्ण सिञ्जाली र १२ वर्षीय गंगा खड्काको शव बिहीवार भेरीगंगा नगरपालिका–१३ स्थित नदी किनारमा भेटिएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी रामप्रसाद घर्तीका अनुसार बिहीबार भेटिएको दुवै जना बालबालिकाको शव पोष्टमार्टमका लागि मेहलकुना अस्पतालमा राखिएको छ ।












