Logo
Logo

मैले गरेको कामबाट जनता खुसी छन् : मेयर शाक्य


378
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा जनता खुसी भएको बताएका छन् । सम्पदा क्षेत्रमा भएको कामका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् ।

मेयर शाक्यले सम्पदा संरक्षणका विषयमा आफ्नो र उपमेयरकाबीचमा सञ्चार माध्यममा आएको जस्तो विवाद नभएको पनि बताए। ‘मिडियाको भित्र कन्टेन ठीकै हुन्छ। हेडलाइनले मात्रै समस्या गरेको हुन्छ,’उनले भने,‘आफ्नो र उपमेयरबीच विवाद देखिएको भनेर सञ्चारमाध्यममा आएको हेडलाइन जस्तो होइन ।’

राम्रो गरेपछि आफूले गरेको र केही नराम्रो भए मेयरले गरेको भन्नु गलत भएको उनले बताए । उनले भने, ‘हेडलाइनले कहीले काहीँ समस्या ल्याउँछ। मेरो उपमेयर र वडाध्यक्ष कसैसँग विवाद छैन। सहकार्य गरेर नै काम महानगरपालिकाले गरिरहेको छ, जनताको मनमा बस्ने गरी मेयरले काम गर्ने हो । मैले गरेको कामबाट जनता खुसी छन् ।’

प्रतिक्रिया दिनुहोस्