Logo
Logo
आईसीस विश्वकप लिग-२

यूएईसँग नेपालको लज्जास्पद हार


882
Shares

काठमाडौं । आईसीस विश्वकप लिग-२ क्रिकेटमा नेपाल आयोजक संयुक्त अरब इमिरेट्स (यूएई)सँग पराजित भएको छ । १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको नेपाल यूएईसँग ४८ रनले पराजति भएको हो ।

१ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ३५।१ ओभरमा १ सय २० रनमा अल आउट भयो । नेपालका लागि रोहित कुमार पौडेलले सर्वाधिक ४६ रन जोडे । उनले ६० बलमा ४ चौका प्रहार गरेका थिए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

कुशल भुर्तेलले ११ रन, आसिफले ७ रन, दीपेन्द्रसिंह ऐरीले ४ रन, ज्ञानेन्द्र मल्लले २८ रन, सोमपाल कामीले ६ रन जोड । तर त्यसपछि ब्याटर चल्न नसक्दा पराजित भएको हो ।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको युएई ४६.३ ओभरमा १ सय ६८ रनमा अल आउट भएको थियो ।

बलिङतर्फ नेपालका लागि सोमपाल कामी एक्लैले ४ विकेट लिएका थिए । त्यस्तै करण केसीले ३ तथा सन्दीप लामिछाने, दिपेन्द्रसिंह ऐरी र सागर ढकालले एक एक विकेट लिएका थिए ।

नेपालले यसअघि बुधबार पहिलो खेलमा पपुवा न्युगिनीलाई दुई विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्