
सप्तरी । आदिवासी जनजाति महासंघ सप्तरीको जिल्ला अधिवेशनले अरुणकुमार प्रधानलाई अध्यक्षमा चयन गरेको छ ।
शम्भुनाथ नगरपालिकास्थित आदिवासी जनजाति भवन कठौनामा आयोजित चौथो जिल्ला अधिवेशनले प्रधानको अध्यक्षतामा २१ सदस्यीय समिति निर्माण गरेको हो । नवनिर्वाचित समितिको उपाध्यक्षमा उपेशकुमार सिंह, इन्द्रनारायण मण्डल र शर्मिला चौधरी, सचिवमा अरबिन्दकुमार चौधरी, सहसचिवहरूमा रवीना तामाङ, उद्धवकुमार भुजेल र रञ्जना खपाङ्गी मगर तथा कोषाध्यक्षमा सूर्यमान तामाङ चयन भएका छन् ।
त्यस्तै सदस्यहरूमा उज्वल चौधरी, दीपेन्द्रकुमार चौधरी, मनमाया थोकर, कुशवाहाकान्त मण्डल, गोपालप्रसाद चौधरी र देवी जोशी रहेका छन् । जिल्ला समितिमा बाँकी छ सदस्य मनोनित गरिने निर्णय भएको निर्वाचन समिति सदस्य एवं महासंघका पूर्वअध्यक्ष यमबहादुर खपाङ्गी मगरले जानकारी दिए ।
यसअघि शनिवार मधेश प्रदेश सरकारका सामाजिक विकासमन्त्री नवलकिशोर साहले सो अधिवेशनको उद्घाटन गरेका थिए ।












