
काठमाडौं । पर्सामा आज बिहान भएको टेम्पो दुर्घटनामा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पर्साको ठोरी गाउँपालिका–४ का अन्दाजी ३५ वर्षका बीरबहादुर विश्वकर्मा छन् । ठोरी गाउँपालिका–३ मा भएको दुर्घटनामा उनको घटनास्थलमै मृत्यु भएको र टेम्पोमा सवार अरु २ जना घाइते भएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा सामान्य घाइते भएका ठोरी–३ का खेलबहादुर विश्वकर्मा र विजय सुनारको स्थानीय मेडिकलमा उपचार गरिएको छ ।
रामनगरबाट बिजयवस्तीतिर जाँदै गरेको प्रदेश २–०३–००१ह ६२८ नम्बरको टेम्पो आज बिहान करिब साढे ३ बजे दुर्घटना भएको बताइएको छ ।












