Logo
Logo

विमानस्थलसहित नाकामा अब खोप नलगाएका र लक्षण देखिएकालाई मात्र स्वास्थ्य परीक्षण


693
Shares

काठमाडौं । अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित नेपाल प्रवेश गर्ने नाकामा कोरोना भाइरसविरुद्धको खोप नलगाएका र लक्षण देखिएकालाई मात्र स्वास्थ्य परीक्षण गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोबारे जानकारी गराएको हो ।

मन्त्रालयका अनुसार पूर्ण खोप लगाएका तथा कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण नदेखिएकाहरुको स्वास्थ्य परीक्षण गरिने छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिका अनुसार पूर्ण खोप प्राप्त नगरेका वा ७२ घन्टाको पीसीआर रिपोर्ट नेगेटिभ नभएका, पूर्ण खोप वा पीसीआर रिपोर्ट नेगेटिभ भएपनि कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण देखिएका व्यक्तिले नाकामा कोभिड–१९ परीक्षण गराउनुपर्ने छ ।

यस्तै पूर्ण खोप नलगाएका ५ वर्षमुनिका बालबालिकामा पनि लक्षण देखिएमा नाकामा परीक्षण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्