Logo
Logo

सुमोको ठक्करबाट चोभारमा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु


1.1k
Shares

काठमाडौं । चोभारमा टाटा सुमो गाडीको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । ना १ ज ६३५४ नम्बरको गाडीले बा ९२ प २३१ नम्बरको पल्सर बाइकलाई ठक्कर दिएको थियो ।

मोटरसाइकलमा सवार दुई जनालाई प्रहरीले उपचारका लागि बल्खुस्थित बयोधा अस्पतालमा लगेको थियो । उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमध्ये एक जना नागार्जुन नगरपालिका बस्ने समीर गिरी छन्। अर्का एक जनाको पहिचान खुलिसकेको छैन । ठक्कर दिएपछि मोटरसाइकल भीरबाट खसेको मैनालीले बताए ।

प्रतिक्रिया दिनुहोस्