काठमाडौं । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) अध्यक्षमा गजुरधन राई निर्विरोध निर्वाचित भएका छन् । पर्यटकीय नगरी सौराहामा भएको सातौँ राष्ट्रिय महाधिवेशनबाट राई अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
नवनिर्वाचित राई नेतृत्वको नयाँ कार्यसमिति वरिष्ठ उपाध्यक्षमा लक्की चौधरी निर्वाचित भएका छन् । उपाध्यक्षहरु अमरध्वज लामा (खुला)‚ सरु राना (महिला), जगत दोङ (संस्थागत), कमन देवान (अल्पसंख्यक) निर्वाचित भए ।

त्यसैगरी महासचिवमा मिलन लिम्बू निर्वाचित भएका छन् । सचिवहरु बुद्धवीर बाहिङ राई‚ समीर बलामी‚ विश्वराज तामाङ खुलातर्फ निर्वाचित भए भने सचिव अञ्जना शिल्पकार (महिला)‚ छेटु शेर्पा (संस्थागत) र यमन दनुवार (अल्पसंख्यक) निर्वाचित भए ।
कोषाध्यक्षमा चित्रबहादुर गुरुङ र सहकोषाध्यक्षमा सञ्चु तामाङ निर्वाचित भएका छन् । प्रदेश इन्चार्जमा भक्तशेर लिम्बू (प्रदेश नम्बर १), निरज पिठाकोटे (मधेस प्रदेश), पेमा लामा (बागमती प्रदेश) यमबहादुर गाहा (लुम्बिनी प्रदेश), बुद्धिमान पुन मगर (कर्णाली), भिमबहादुर चौधरी (सुदुर पश्चिम प्रदेश) चयन भए ।
संस्थागततर्फ सदस्यहरु क्रमशः देवेन्द्र खापुङ (लिम्बू), प्रकाश राई (राई), निम्लेकी शेर्पा (शेर्पा), सुनिल महर्जन (नेवार) सन्तकुमार चौधरी (थारू), चित्रबहादुर गुरुङ (गुरुङ) र नेत्र तामाङ (तामाङ) चयन भए ।
खुला सदस्यतर्फ लोकेश लिबाङ, कमलसिंह थारु, गजेन्द्र राई र हर्कबहादुर घर्ती मगर, बुद्ध योञ्जन लामा निर्वाचित भए भने महिलातर्फ सुनिता महर्जन, स्मृति रोका मगर, रचना श्रेष्ठ, सुजता निङ्लेकु लिम्बू, मञ्जुकुमारी श्रेष्ठ, विना राई निर्वाचित भए ।
त्यसैगरी अल्पसंख्यक पुरुषतर्फ सदस्यहरु विदुर खवास र उद्धव चेपाङ र महिलातर्फ रोशनी कँवर सर्वसम्मत भए । लेखा संयोजकमा चन्द्र पन्दाक लिम्बू र सदस्यहरुमा उर्मिला गम्बा र भकेन्द्र लावती निर्वाचित भए ।
चैत ६ देखि ८ गतेसम्म भएको महाधिवेशनमा अध्यक्ष, महासचिवलगायत अधिकांश पदहरुमा सर्वसम्मत नेतृत्व चयन गरेका थियो भने केही खुला उपाध्यक्ष, अल्पसंख्यक उपाध्यक्ष, सचिवलगायतका केही पदमा निर्वाचन भएको थियो ।











