Logo
Logo

सूचना प्रणालीमा खराबीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित


945
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान बिहीबार बिहानैदेखि प्रभावित बनेको छ । विमानस्थलको सूचना प्रणाली तथा राडारमा आएको खराबीका कारण आन्तरिक तथा बाहृय दुवै तर्फका उडान प्रभावित बनेको हो ।

विमानस्थलका अनुसार बिहीबार बिहानका लागि निर्धारित विभिन्न सेक्टरका उडान रद्द भएका छन् । यति एयरलाइन्सका अनुसार पोखरा, भैरहवा र विराटनगरका लागि निर्धारित तीन उडान रद्द भइसकेको छ भने अन्य उडानहरू डिले भएका छन् ।

विमानस्थल स्रोतका अनुसार अहिले १० बजेपछि त्रिभुवन विमानस्थलले प्रत्येक १५ मिनेटमा एक उडान वा अवतरण गर्न सकिने गरी प्रणाली चलाइरहेको छ ।

संचार उपकरण भएको विल्डिङमा पानी लिकेज भएर प्रणालीमा खराबी आएको बताइएको छ । विमानस्थलमा समस्या आएपछि बिहीबार बिहानै प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहितको टोलीले अनुगमनसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्