Logo
Logo

पल प्रकरणमा किशोरीको बयान : ‘विवाह गर्ने झुठो आश्वासन दिएर म माथि बलात्कार भयो’



काठमाडौं । अभिनेता पल शाहद्वारा बलात्कृत भएको भनिएकी किशोरीले आफूमाथि मध्यरातमा बलात्कार भएको बयान दिएकी छन् ।

जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत तनहुँमा दायर गरेको अभियोगपत्रमा किशोरीले आफूलाई शाहले राति १२ बजे कोठामा आएर बलात्कार गरेको बयान दिएकी हुन् ।

संरक्षकको रोहवरमा दिएको बयानमा उनले तनहुँको दुलेगौडास्थित प्रदीप थापाको घर कोठामा छुट्टाछुट्टै कोठामा सुतेको अवस्थामा उनले ‘म तिम्रो कोठामा आउँछु’ भनि मेसेज गरेको र मेरो कोठामा आई विवाह गर्ने झुठो आश्वासन दिएर बलात्कार गरेको दावी गरेकी छन् ।

उनले आफूले नमान्दा–नमान्दै पनि अभियुक्तले तलको कपडा खोलेर जबरजस्ती करणी गरी वीर्य स्खलन गराएको बताएकी छन् । अभिनेता शाहसँग चिनजान भई सँगै कार्यक्रमा जाँदा तथा भिडियो सुटिङ गर्दा उनले आफूलाई माया गर्ने भन्दै विश्वासमा पारेको पनि उल्लेख गरेकी छन् ।

सोही क्रममा २०७७ पुस १० गते पोखरास्थित प्राइम होटलमा र चैत ७ गते गैडाकोटस्थित रिसोर्टमा पनि करणी गरेको उल्लेख गरेकी छन् । उनले पछिल्लो पटक २०७८ वैशाख १४ गते दुलेगौडास्थित प्रदिप थापाको घरको छुट्टाछुट्टै कोठामा सुतेको अवस्थामा राति आफूमाथि उक्त घटना भएको पीडितको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्