Logo
Logo

११ सयले बढ्यो सुनको भाउ



काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु. एक लाख ३०० तोकिएको छ ।

अघिल्लोदिन प्रतितोला रु. ९९ हजार २०० मा कारोबार भएको पहेँलो धातु आज प्रतितोला रु. एक हजार १०० ले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९९ हजार ८०० छ । यसको मूल्य हिजो प्रतितोला रु. ९८ हजार ७०० थियो । त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु. पाँचले बढेर रु. एक हजार ३७५ पुगेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा हुने घटबढका आधारमा महासंघले दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९३९ डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्