Logo
Logo

एमालेबाट उम्मेदवार बन्न लोकप्रियता र विजयको सुनिश्चितता हुनुपर्ने


504
Shares

काठमाडौं । नेकपा एमालेले स्थानीय तहको उम्मेदवार बन्नका लागि प्रारम्भिक रुपमा ६ वटा मापदण्ड तय गरेको छ ।
काठमाडौंमा जारी केन्द्रीय कमिटी बैठकको दोस्रो दिन बिहीबार उम्मेदवार सिफारिस र चयनबारे प्रारम्भिक मापदण्ड तय गर्नेबारे छलफल भएको हो ।

एमालेबाट स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुनलाई पार्टी नीति र कार्यक्रमप्रति प्रतिबद्धता भएको हुनुपर्ने, निर्वाचित प्रतिनिधिको कामको मूल्याँकनको आधार लिनुपर्ने, व्यक्तिगत लोकप्रियता र विजयको सुनिश्चितता देखिनुपर्ने छ ।

त्यस्तै, पार्टीको आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा कायम राखिरहेको हुनुपर्ने, कार्यक्षमता, एव सुशासन र विकासप्रतिको दृष्टिकोण भएकाले मात्र उम्मेदवार हुन पाउने मापदण्ड अगाडि सारिएको छ ।

उक्त मापदण्डभित्र अटाएकाले मात्र स्थानीय तहको निर्वाचनमा भाग लिन पाउने जनाउँदै एमालेले सन्तुलन र समावेशी प्रतिनिधित्व गराउन सक्नेगरी उम्मेदवार सिफारिस गर्न सम्बन्धित कमिटीहरूलाई निर्देशन दिनेबारे छलफल जारी रहेको बताइएको छ । एक केन्द्रीय सदस्यका अनुसार सिफारिस भएकामध्ये पार्टी केन्द्रले नै चयन गरी नाम निर्धारण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्