दमक । गोर्खा ब्वाइज दमक गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा दुर्गापुर सन्डे क्लब कालाकातालाई ५–० गोलअन्तरले पराजित गर्दै गोर्खा ब्वाइजले क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
गोर्खा ब्वाइजलाई सानदार जित दिलाउनको लागि यानिकले तीन गोल गरे भने सुसन तामाङ र सुनील खड्काले एक÷एक गोल थपे ।

खेलको दोस्रो मिनेटमै गोल गर्दै गोर्खा ब्वाइजले अग्रता लिएको थियो । मिक्चेन तामाङ क्रसमा यानिकले गोल गर्दै गोर्खा ब्वाइजलाई अग्रता दिलाएका थिए ।
खेलको २०औँ मिनेटमा यानिकले नै गोल गर्दै गोर्खा ब्वाइजको अग्रता दोब्बर बनाए । ५१औँ मिनेटमा सुसन तामाङले गोल गर्दै गोर्खा ब्वाइजलाई ३-० ले अघि बढाए ।
खेलको इन्ज्युरी समयमा यानिकले ह्याट्रिक गर्दै ४-० को अग्रता दिलाए । इन्ज्युरी समयको पाँचै मिनेटमा सुनीलल गोल गर्दै गोर्खा ब्वइजलाई सानदार जित दिलाए ।
खेलमा गोर्खा ब्वाइजका यानिक म्यान अफ दि म्याच भए । उनले नगद दश हजार प्राप्त गरे ।
शुक्रबारको पहिलो क्वाटरफाइनल खेल बागमती युथ क्लब सर्लाही र मनाङमस्र्याङ्दी क्लबबीच हुने आयोजक दमक नगर खेलकुद विकास समिति अध्यक्ष भीमराज चाम्लागाईंले जानकारी दिए ।














