Logo
Logo

एपिएफ र गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश


693
Shares

सुदूरपश्चिम । धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ अन्तर्गत हिजोको खेलमा विभागीय टोली एपिएफले घरेलु टोली सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटले पराजित गरेको छ ।

विजयी भएसँगै एपिएफ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । एपिएफले सुदूरपश्चिमलाई २५–१३, २५–२० र २५–१२ को सेटले पराजित गरेको हो । खेलको ‘म्यान अफ द म्याच’ एपिएफका टेकराज अवस्थी भए । हिजो नै भएको अर्को क्वाटरफाइनल प्रतिस्पर्धामा गण्डकी प्रदेशले बागमती प्रदेशलाई ३–० को सोझो सेटले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । गण्डकीले बागमतीलाई २५–१५, २५–१४ र २५–१८ को सेटले पराजित गरेको हो ।

उक्त खेलको ‘म्यान अफ द म्याच’ गण्डकी प्रदेशका हरि पाण्डेय घोषित भए । हिजोका दुई खेलसँगै प्रतियोगिताको सेमिफाइनल पुग्ने चार टोलीको टुंगो लागेको छ । फाइनल प्रवेशका लागि अब त्रिभुवन आर्मी क्लब र एपिएफबीच तथा नेपाल पुलिस क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुने आयोजक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले जनाएको छ ।

यही चैत १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले रु. चार लाख, उपविजेताले रु. दुई लाख, तेस्रो हुने टोलीले रु. एक लाख र चौथो स्थान प्राप्त गर्नेले रु. ५० हजारसहित ट्रफी र मेडल प्राप्त गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्