Logo
Logo

वर्षमान पुन आज चीन जाँदै


6.2k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन ‘अनन्त’ फलोअप उपचारका लागि आज चीन जाँदैछन् ।

पुन सामान ढुवानी गर्न जाँदै गरेको कार्गो विमानमार्फत पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्तीका साथ बिहान नौ बजे चीन प्रस्थान गर्ने कार्यक्रम छ ।

पुन दम्पत्तिसँगै उनको नियमित उपचारमा संलग्न डा. रोशन पोखरेल पनि चीन जाने भएका छन् । पुस्तैनी जण्डिसका कारण पीडित पुनले यसअघि चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गराएका थिए । अनन्त फलोअप गराएर ४ दिनपछि स्वेदेश फर्किनेछन् ।

प्रतिक्रिया दिनुहोस्