Logo
Logo

लाइसेन्सवाला हतियार बुझाउन आग्रह


1.8k
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय रसुवाले इजाजत लिई राखिएका हतियार बुझाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी नवराज जैसीले एक सूचना जारी गर्दै इजाजत लिई राखिएका हतियार बुझाउन आग्रह गरेका हुन् ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्येनजर राख्दै इजाजत लिएका हतियार चैत मसान्तसम्म जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी चौकीमा बुझाउन आग्रह गरिएको उनको भनाई छ ।

उनले स्थानीय तहको निर्वाचनलाई भरपर्दो विश्वसनिय बनाउन इजाजत लिएर राखिएका हतियार बुझाउन आग्रह गरिएको बताए । तोकिएको समयमा हतियार नबुझाएमा कानुन बमोजिम भै जाने समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्