
काठमाडौं । नेकपा एमालेको भातृ संगठन युवा संघका केन्द्रीय सदस्य वकिल बमलाई प्रहरीले पक्राउ गरेको छ ।
दिनेश अधिकारी ‘चरी’निकट बम उपर महिलालाई हातपात गरेको अभियोग लागेको छ । बिहीबार राती ठमेलबाट उनलाई महिलामाथि हातपात गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।
कालिकोट घर भइ हाल काठमाडौं बस्दै आएका बमउपर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बमसँग नजिकको सम्बन्ध रहेको भनिएका गुन्डा चरी भने प्रहरीको इन्काउन्टरमा केही वर्षअघि मारिइसकेका छन् ।











