Logo
Logo

बस र मोटरसाइकल जुध्दा २ जना गम्भीर घाइते


630
Shares

काठमाडौं । आज बिहान बस र मोटरसाइकल जुध्दा २ जना गम्भीर घाइते भएका छन् ।

अरनिको राजमार्ग अन्तर्गत काभ्रेको बनेपा नगरपालिका–७ उग्रचण्डीमा ती दुई सवारी ठोक्किँदा दुई जना गम्भीर घाइते भएका हुन् । दुर्घटनामा मोटरसाइकल चालक रामेछाप नगरपालिका–२ देउरालीका २८ वर्षीय सुनिलकुमार खड्का र पछाडि सवार सोही स्थानका २७ वर्षीय सन्तोष खड्का घाइते भएका प्रहरीले जनाएको छ । बनेपाबाट धुलिखेलतिर जाँदै गरेको बा २ ख ५२९४ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा ८१ प ४२१४ नम्बरको मोटरसाइकल जुधेका थिए ।

प्रहरीका अनुसार घाइते दुवै जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ भने बसका चालक फरार छन् । फरार चालक खोज्न सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्