Logo
Logo

कांग्रेस सहभागी नभए माओवादी र जसपासँग गठबन्धन गर्छौं : खतिवडा


3.6k
Shares

जनकपुरधाम । नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले नेपाली कांग्रेसले चुनावी तालमेल सहभागी नभए जनता समाजवादी पार्टी (जसपा) र माओवादी केन्द्रसँग गठबन्धन हुने बताएका छन् ।

शुक्रबार जनकपुरमा एकीकृत समाजवादीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता खतिवडाले कांग्रेसका केही नेता गठबन्धनको विपक्षमा रहेपनि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनको पक्षमा रहेको बताए । त्यसैले कांग्रेस गठबन्धनको विपक्षमा रहेको भन्न नसकिने अवस्था रहेको बताए । उनले भने, ‘यदि कांग्रेसले गठबन्धन नगर्ने निर्णय गरेमा मधेसमा जसपा र माओवादी केन्द्रसँग गठबन्धन हुन्छ ।’

उनले राजनीतिक स्थिरता, प्रतिगमनविरुद्ध, लोकतन्त्रको पक्ष र संविधानको रक्षाका लागि गठबन्धन बनाएको स्मरण गर्दै भने, ‘अहिले पनि प्रतिगठमनकारीहरू षड्यन्त्र गरिरहेको छ । त्यसैले त्यस्तो षड्यन्त्रकारीलाई परास्त गर्न राष्ट्रका लागि गठबन्धनको आवश्यकता छ ।’

उनले राष्ट्रको हितकै लागि दलहरूबीच एकता कायम राख्न एमसीसी सदनबाट पारित गरेको समेत बताए । राष्ट्रहितविपरीत काम गर्न थाल्यो भने त्यो बेला सूचना निकालेर एमसीसी सम्झौता खारेज खारेज गर्ने समेत उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्