Logo
Logo

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु


441
Shares

काठमाडौं। गएराति भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

रोल्पाको सुनिलस्मृति गाउँपालिका–३ लोबाङमा भएको दुर्घटनामा ट्याक्टरका परिचालक सोही गाउँपालिका–५ काप्राका वर्ष २० क खुमे थापाको मृत्यु भएको हो । प्रहरीका अनुसार उपचार गर्ने क्रममा बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उनको मृत्यु भएको हो । त्यस्तै दुर्घटनामा चालक उक्त गाउँपालिका–३ मिझिङका वर्ष २४ का यमराज विष्ट गम्भीर घाइते भएका थिए ।

उनको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचार भइरहेको जनाइएको छ । इलाका प्रहरी कार्यालय सुलिचौरका अनुसार गएराति करिब साढे २ बजेतिर विष्टले चलाएको लु ३ त ९९६० नम्बरको ट्याक्टर दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्