Logo
Logo

एमाले राष्ट्रिय आत्मसमर्पणवादी बाटोमा : माधव नेपाल


1.8k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ६ महिनाकै अवधिमा बढेको आकर्षणका कारण विरोधीहरुले मानसिक सन्तुलन गुमाएर कुप्रचार गर्न थालेको बताएका छन् ।

शुक्रबार अखिल नेपाल महिला संघ (समाजवादी)को काठमाडौं जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीप्रति आकर्षण बढ्दा विरोधीहरु आत्तिन थालेको बताएको समेत बताए ।

उनले भने, ‘हाम्रो पार्टीप्रति बढेको आकर्षण देखेर विरोधीहरु आत्तिएका छन्, मानसिक सन्तुलन गमाउन पुगेका छन्, आत्तिएर मन्त्री प्रेम आले र किसनकुमार श्रेष्ठ बालकोट पुगेको भनेर प्रचार गरे ।’

उनले एमाले परित्याग गर्ने लहर चलेको भन्दै देशभक्त पार्टीमा प्रवेश गर्ने महाअभियान सुरु भएको पनि बताए । लोकतान्त्रिक मूल्य र मान्यतालाई आफ्नो आत्मसात गरेकाले निरंकुशताको विरोध र क्रान्तिकारी अडानमा उभिएको एमाले र एकीकृत समाजवादीमा धेरै भिन्न रहेको बताए ।

अध्यक्ष नेपालले भने ‘एमाले दक्षिणपन्थी भासमा भासिएको छ, हामी क्रान्तिकारी अडानमा उभिएका छौँ । एमाले राष्ट्रिय आत्मसमर्पणवादी बाटोमा लागेको छ, हामी देशभक्तिपूर्ण अडानमा छौँ ।’

अध्यक्ष नेपालले ओली चुनावी गठबन्धन गर्न सुटुक्क पूर्वराजा ज्ञानेन्द्र शाहकोमा जाने गरेको समेत बताए । उनले भने, ‘केपी शर्मा ओली हाम्रो गठबन्धन टुटाउन खोज्दैछन्, उनी अर्को गठबन्धन बनाउन खोज्दैछन्, त्यसका लागि सुटुक्क ज्ञानेन्द्र निवासमा पुग्ने गरेका छन्, राप्रपासँग साँठगाँठ गर्न खोजिरहेका छन्, दक्षिणपन्थी शक्तिसँग मिल्न खोजिरहेका छन् ।’

उनले सुरुदेखि केपी ओलीसँग आफ्नो लडाइँ रहेको बताउँदै राष्ट्रियसभा निर्वाचनमा ओलीलाई धुलो चटाइदिएको बताए । ‘केपी ओलीका उम्मेदवारले धुलो चाटे, हाम्रो उम्मेदवार विजयको शिखरमा पुगे, कलम चिन्हलाई जिताएर इतिहास निर्माण गरे ।’

प्रतिक्रिया दिनुहोस्