Logo
Logo

भरतपुर महानगरले सिंगो देशलाई विकासको सन्देश दिइरहेको छ : प्रचण्ड


441
Shares

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिकाको विकासको गति तीव्रगतिमा अगाडि बढिरहेको र यसलाई विदेशीहरुले समेत नियालिरहेको बताएका छन् ।

फाइल फोटो

शुक्रबार भरतपुर महानगरपालिकाको प्रकाशकीय भवनको उद्घाटन गर्दै उनले भरतपुरले विकासका दृष्टिले सिंगो देशलाई नै सन्देश दिएको दावी गरे । अध्यक्ष प्रचण्डले भने, ‘देशको मध्य भागमा रहेको यो महानगरले सिंगो देशलाई सन्देश दिइ नै रहेको छ ।’
भरतपुर महानगरपालिकाको देशभरीकै पहिचान बनेको बताउँदै उनले देश र देशबाहिर पनि भतरपुरको विकास मोडेल निकै चर्चित रहेको दावी गरे । उनले भने, ‘हाम्रा छिमेकीदेखि धेरै टाढा–टाढासम्मका हाम्रा मित्रहरुले पनि भरतपुरलाई एउटा विशिष्ट महानगरका रुपमा हेरेका छन् ।’

अध्यक्ष प्रचण्डले महानगरकी मेयरको दृढ इच्छाशक्ति र सकरात्मक सोच कारण भरतपुरको विकासमा उल्लेख्य विकास भएको बताए । ‘मैले भरतपुर महानगरपालिकाको मेयर दिमागमा जति बेला पनि महानगरपालिका र त्यो परिवारप्रति जहिले सकरात्मक सोचमात्रै भेटेँ,’ प्रचण्डले भने, ‘यहाँका वडाध्यक्षहरु धेरै नेपाली कांग्रेसका छन् । उहाँहरु असाध्यै राम्रा छन् । एमालेकासँग पनि त्यस्तै ।’ जनप्रतिनिधिको हैसियतले आफूले पनि भूमिका खेलेको प्रचण्डको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्