Logo
Logo

शेखर समूहले बोलायो नेविसंघ र तरुण दलको समानान्तर भेला


630
Shares

काठमाडौं । नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष नियुक्तिप्रति असन्तुष्ट पक्षधरले समानान्तर भेला आव्हान गरेका छन् ।

गत बुधवार सभापति शेरबहादुर देउवाले नेविसंघ र तरुण दलको अध्यक्षको मनोनयनप्रति असन्तुष्ट शेखर कोइराला पक्षधरले १४ चैतमा अलग भेलाको आव्हान गरेको हो ।

‘सभापतिज्यूले एकलौटी रूपमा नेविसंघ र तरुण दलको सभापति मनोनीत गरेको विषयप्रति हाम्रो गम्भीर आपत्ति छ,’ नेविसंघका पूर्वसभापति रञ्जित कर्णले भने, ‘त्यसको प्रतिवाद गर्नका लागि १४ चैतमा काठमाडौंमा अलग भेला राखेका छौं ।’

प्रतिक्रिया दिनुहोस्