काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्दै पौडेल समूहले आमागी निर्वाचनमा तालमेल गर्ने जिम्मा तल्ला तहलाई नै दिनुपर्ने निष्कर्ष निकालेको ।
शुक्रबार बिहाना पौडेल निवास बाहराटारमा बसेको उक्त समूहको बैठकले स्थानीय तह निर्वाचनमा चुनावी तालमेलको निर्णय सम्बन्धित कार्यसमितिले नै गर्न पाउनुपर्ने विषय आजको केन्द्रीय समिति बैठकमा उठाउने निर्णय गरेको हो ।
उक्त समूहले चुनावी तालमेल सैद्धान्तिक रुपमा ठीक रहेको भन्दै स्वीकार गर्ने निर्णय पनि गरेको छ । तर, तल्लो तहको अवस्थाबारे केन्द्र बेखबर हुन सक्ने भएकाले तालमेलको निर्क्योल गरेर निर्णय गर्ने अधिकार भने उतै दिनुपर्ने निर्णय गरेका छ ।
भेलामा पूर्वमहामन्त्री डा शशांक कोइराला, केन्द्रीय सदस्यसमेत रहेका कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू, केन्द्रीय सदस्यद्वय सदस्य बलबहादुर केसी, दीपक गिरीलगायत सहभागी थिए ।














