Logo
Logo

नेपाल पपुवा न्युगिनीसँग ६ रनले पराजित


2.4k
Shares

काठमाडौं । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्युगिनीले नेपालमाथि रोमाञ्चक जित निकाले छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पपुवा न्युगिनीले नेपालाई ६ रनले पराजित गरेको हो । पपुवा न्युगिनीसँग नेपालको यो पहिलो हार हो ।

पपुवा न्युगिनीले दिएको २९२ रन विशाल लक्ष नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २८६ रन जोड्यो ।

नेपालको युवा ब्याटर रोहित पौडेलले कीर्तिमानी शतक प्रहार गरेपनि हार टर्न सकेन । रोहितले १ सय ७ बलमा ७ चौका र ४ छक्कासहित १ सय २६ रनको सानदार कीर्तिमानी शतकीय इनिङ गरेका थिए । नेपालको यो ओडिआई इतिहासकै सर्वाधिक ठूलो योगफल हो ।

नेपाललाई जितको लागि अन्तिम ६ बलमा १० रन चाहिँएको थियो । तर, उक्त ६ बलमा कमल सिंह ऐरीले दुई रन र सोमपाल कामीले एक रन मात्रै जोडे । सोमपाल र कमल १८–१८ रनमा अविजित रहे ।

कमजोर सुरुवात गरेको नेपाललाई पाँचौं विकेटका लागि आरिफ शेख र रोहितले १ सय ४ रनको शतकीय साझेदारी गरेका थिए । ओडिआईमा नेपालको कुनैपनि विकेटका लागि भएको सर्वाधिक साझेदारी हो ।

कुशल भुर्तेलले २८ बल खेल्दै ६ चौकाको मद्दतमा ३२ रन बनाए । त्यसपछि दीपेन्द्र सिंह ऐरी र रोहित पौडेलले नेपालको ईनिङ्स अघि बढाए । तर दीपेन्द्र पनि व्यक्तिगत १५ रन बनाएर १३ औं ओभरमा आउट हुँदा नेपाल ७३(४ को स्थितीमा पुग्यो । फेरि एकपटक रोहित र आरिफ शेखले नेपालको ईनिङ्सलाई सम्हाल्ने काम गरे ।

यसअघि पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २९२ रनको योगफल बनाएको थियो । पपुवा न्युगिनीका लागि चाल्र्स अमिनीले सर्वाधिक ७७ रनको योगदान दिएका थिए । उनले उनले १०३ बलमा ६ चौका र एक छक्का प्रहार गरेका थिए ।

यस्तै कप्तान असाद भालाले ५५ बलमा ११ चौकासहित ६०, नोरमान भानुले २८ बलमा चार चौका र तीन छक्काको मद्दतमा ४७, टोनी उराले ३८, राइली हेकुरेले ३१ तथा जासन किलले १३ रन बनाएका थिए।

बलिङतर्फ नेपालका कमलसिंह ऐरी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले दुई÷दुई तथा कप्तान सन्दीप लामिछाने र आरिफ शेखले एक एक विकेट लिएका थिए ।

यसअघि पपुवा न्युगिनी सन् १९९८ मा एसिसी ट्रफी खेल्न नेपाल आएको थियो । त्यतिबेला नेपालसँग भने उसले खेलेन । त्रिवि क्रिकेट मैदानमा पपुवा न्युगिनी पहिलो पटक नेपालसँग खेलेको हो ।

प्रतिक्रिया दिनुहोस्