Logo
Logo

गठबन्धन विरोधि नेतालाई देउवाको चुनैती- क्याम्पसमा चुनाव जितेर देखाउनुहोस्


35k
Shares

काठमाडौं । सत्ता गठबन्धन विरोधि कांग्रेस नेताप्रति सभापति शेरबहादुर देउवा आक्रोशित भएका छन् ।

शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा देउवाले अहिले गठबन्धनको विरोध गर्दा भोलि चुनाव जितेर देखाउन चुनौती दिए ।

बैठकमा अधिकांश सदस्यले गठबन्धनबारे मिश्रित धारणा राखेका थिए । विरोधमा धारणा राख्ने नेताहरुलाई जवाफ दिनेक्रममा देउवाले भोलि चुनाव जितेर देखाउन चुनौती दिएका हुन् । देउवालाई उदृत गर्दै एक नेताले भने, ‘गठबन्धनमा विरोध गर्नुस् तर भोलि जितेर देखाउनु पर्ला । ख्याल बोल्नुहोस् ।’

बैठकमा केन्द्रीय सदस्य दिनेश कोइरालाले गठबन्धन गर्न नहुने धारणा राखेपछि देउवाले आक्रोशि हुँदै भने, ‘क्याम्पसमा चुनाव जित्नुहुन्न । कहीँ कतै जित्नुहुन्न । खालि हामी बलियो छौं भन्नुहुन्छ । अनि गठबन्धनको विरोध गर्नुहुन्छ ।’

कोइरालाले नेकपा फुटेको बेला पनि कांग्रेस एक्लै नलडे कहिले लड्ने ? भन्दै प्रश्न गरेका थिए । उनले भनेका थिए, ‘यतिबेला पनि कांग्रेस सिंगल लडेन भने कहिले लड्ने ? नेकपा फुटेका बेला, एमाले फुटेका बेला पनि कांग्रेस डराउने ?’

सातमध्ये नेपाली कांग्रेसका पाँच प्रदेश सभापति गठबन्धनको विपक्षमा देखिएका छन् । शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा धारणा राख्नेक्रममा मधेस प्रदेका कृष्ण यादव, गण्डकीका शुक्रराज शर्मा, लुम्बिनीका अमरसिंह पुन, कर्णालीका ललितजंग शाही, सुदूरपश्चिमका वीरबहादुर बलायर गठबन्धनको विपक्षमा देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्