Logo
Logo

स्थानीय तहको निर्वाचनमा खट्न अध्यक्ष नेपालको निर्देशन


252
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सक्रियतापूर्वक लाग्न आम कार्यकर्तालाई निर्देशन दिएका छन् ।

एकीकृत समाजवादीको पार्टी निकट एकीकृत टे««ड युनियन महासङ्घ नेपाल (आइसिटियु) घोषणा सभा तथा सम्मान समारोहलाई यहाँ आज सम्बोधन गर्दै अध्यक्ष नेपालल स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी हुने गरी लाग्न कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

उनले भने, ‘सरकारमा सहभागी पार्टीहरूबीच निर्वाचनमा गठबन्धन भयो भने सङ्गठनमा सामेल हुने यदि गठबन्धन भएन भने हामी एक्लै चुनाव लड्दा पनि पहिलो पार्टी हुने गरी अगाडि बढ्नुपर्छ ।’

पूर्वप्रधानमन्त्री नेपालले जनताको हितका निम्ति काम गर्नसमेत कार्यकर्तालाई निर्देशन दिए । उनले एमालेसँगको लडाइँ व्यक्तिगत स्वार्थको लडाइँ नभएर विचार र परिवर्तनकारी र यथास्थितिबाट बीचको लडाइँ भएको प्रस्ट परे ।

प्रतिक्रिया दिनुहोस्