Logo
Logo

चिनियाँ विदेशमन्त्रीले आज प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने


1k
Shares

काठमाडौं । नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यीले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने भएका छन् ।

चीनको राज्यपरिषद् सदस्य एवं विदेश मन्त्री यी १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार अपराह्न काठमाडौं आइपुगे थिए ।

नेपाल बसाइका क्रममा यीले आज पराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा चीन–नेपाल प्रतिनिधिमण्डलस्तरीय वार्ताको नेतृत्व वाङले गर्नेछन् ।

शनिबार हाइकिङ गर्ने कार्यक्रम रहेको जनाइएको छ। शनिबार वाङ कीर्तिपुरमा हाइकिङ जाने सेड्युल रहेको सुरक्षा स्रोतले जानकारी दिएको छ ।

वार्तापछि दुई देशबीच घाँस निर्यातलगायत पारस्परिक सहयोग अभिवृद्धिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।

प्रधानमन्त्री ्देउवासँग बालुवाटारस्थित उनको सरकारी निवासमा शिष्टाचार भेट गरेपछि प्रधानमन्त्री र विदेशमन्त्री वाङको उपस्थितिमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समापन समारोहको श्रव्यदृश्यका माध्यमबाट निरीक्षण गर्ने कार्यक्रम छ ।

शनिबार साँझ नै परराष्ट्र मन्त्री नारायण खड्काले आफ्ना चिनियाँ समकक्षीको सम्मानमा रात्रीभोजको आयोजना गर्नेछन्।

परराष्ट्रमन्त्री खड्काको निमन्त्रणमा त्रिदिवसीय भ्रमणमा वाङको टोली काठमाडौं आएको हो । भारतको नयाँदिल्ली हुँदै उनी शुक्रबार अपराह्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिएका थिए ।

वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी, शिष्टाचार महापाल डा दुर्गाबहादुर सुवेदी लगायतले स्वागत गरेका गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्