काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विकास र समृद्धिको दृष्टिले देशलाई पाँच वर्षमा कायापलट गर्ने दाबी गरेका छन् ।
काठमाडौंमा शनिबार पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले राप्रपालाई एकपटक ठूलो पार्टी बनाएर सत्तामा पु¥याइदिन समेत जनतासँग आग्रह गरे ।

उनले एमाले, का्रग्रेस र माओवादीप्रति आक्रोशित हुँदै यी तीन दलले देशलाई विकसित र समृद्ध गर्न नसकेको भन्दै राप्रपालाई पाँच वर्ष काफी हुने भएकाले एक पटक सत्तामा आग्रह गरेका हुन् ।
राप्रपाप्रति जनलहर आएको र त्यस आधारमा राजनीतिक शक्ति जनताबाट राप्रपाको हातमा आउने देखिएको समेत बताए ।
जनताबाट राजनीतिक शक्ति आएको अवस्थामा राप्रपाले देश विकासमा पूर्ण रूपले सदुपयोग गर्ने बताउँदै उनले एमाले, का्रग्रेस र माओवादीबाट देश बन्ने सम्भावना नभएको उनको भनाइ छ ।
अध्यक्ष लिङ्देनले् भने, ‘शेरबहादुर देउवालाई कति पटक वा कति वर्ष थपिदियौँ भने देश बनाउन सक्षम हुनुहोला ? कोही कांग्रेसीजनले भन्न सक्छ ? शेरबहादुर देउवालाई ५ वर्ष दियौँ भने यो देश बन्छ ? अथवा केपी ओली, प्रचण्ड ?’ उहाँहरूलाई कति वर्ष र कति कार्यकाल दिँदा यो देश बन्छ होला ? यसकारण मैले भन्छु तपाईंहरूलाई कि अब बेला आयो ।











