
पोखरामा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीन सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
नेपाल भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री वाङ यीले चीन सरकारद्वारा निर्मित विमानस्थलको साँचो परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई हस्तान्तरण गरेका हुन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख विनेश मुनकर्मीका अनुसार विमानस्थल निर्माण ९३ प्रतिशत सम्पन्न भएको छ ।
विमानस्थलको साँचो हस्तान्तरणअघि परराष्ट्र मन्त्रालयमा दुई समकक्षीबीच भेटवार्ता भएको थियो । भेटवार्तामा नेपाल–चीनबीच ९ बुँदे समझदारीमा हस्ताक्षर भएको थियो ।














