Logo
Logo

एकीकृत समाजवादीको मुखपत्र ‘कलमन्युज डटकम’ शुभारम्भ


2.1k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीको मुखपत्र ‘कलमन्युज डटकम’ प्रकाशनमा आएको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालले कमलन्युज डटकम नामको अनलाइन आइतबार शुभारम्भ गरेका छन् ।

आजदेखि सुचारु भएको यस अनलाइनमा एकीकृत समाजवादीका गतिविधिहरु राखिने भएको छ । समाजवादी प्रेस संगठनको दुई दिने केन्द्रीय विस्तारित बैठकको समापनकै दिन अनलाइन पोर्टल सार्वजनिक भएको हो ।

यसअघि नै एकीकृत समाजवादीले ‘कलम’ बुलेटिन प्रकाशन गर्दै आएको छ । यसलाई छापा संस्करणका रुपमा प्रकाशन गरिने समाजवादी प्रेस संगठनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्